Back to top

सञ्चालन र समन्वयमा सुधार

नेपालको सीप विकास क्षेत्रमा रहेका विभिन्न पक्षहरूको संचालन र समन्वयमा सुधार आएमा रोजगारीका अवसरहरू वृद्वि गर्नको लागि प्रभावकारी तथा एकीकृत दृष्टिकोणको निर्माण हुन्छ। 

वृहत संवाद

दक्षताको सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा  मातहतका निकायहरू र रोजगारदाता तथा उनीहरूका प्रतिनिधिमुलक संस्थाहरूका बीच वृहत संवादहरू भइरहेका छन।  २०७५ सालमा गठन गरिएको सरकार र निजी  क्षेत्रको समान सहभागिता रहेको एउटा कार्य समूहले नेपालको सीप विकासको क्षेत्रमा क्रियाशील विविध संघ-संस्थाहरूका बीच अनुभव आदान प्रदान गर्दै समाधानका उपायहरू निकाल्नको लागि एउटा प्रभावकारी मञ्चको रुपमा काम गरिरहेको छ जसको फलस्वरूप नेपालको विकास र सम्वृद्धिमा सीप विकासको भुमिका सम्बन्धमा एउटा स्पष्ट र संयुक्त परिदृश्यको उदय हुँदैछ ।

सञ्चालन मार्गनिर्देशन 

सीप विकास मार्फत रोजगारीका अवसर वृद्धि सम्बन्धी  सुझाव प्रस्तुत गर्नको लागि सार्वजनिक-निजी कार्य समुहले सीप विकासमा सार्वजनिक-निजी साझेदारीका दृष्टिकोणलाई मार्गनिर्देशन दस्तावेज तयार गर्दैछ । दक्षताले सीप विकास तालिमको क्षेत्रमा भैरहेको प्रगतिको वार्षिक रूपमा पुनरावलोकन गर्दै भविष्यमा यस क्षेत्रमा गर्नुपर्ने कार्यहरू पनि पहिचान गर्दछ।

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by