Back to top

रोजगारदाताको सहभागिता 

नेपालको सीप विकास क्षेत्र सम्बन्धी निर्णय प्रकृयामा रोजगारदाताको सहभागिताले उनीहरूलाई वृद्धिको योजना बनाउन सहयोग पुग्छ। 

अझै राम्रो सम्बन्ध 

दक्षताको सहयोगमा रोजगारदाताहरू एकजुट भएर  सम्वद्ध सरकारी तथा शिक्षा सम्बन्धी निकायहरूसंग अझै  प्रभावकारी ढङ्गले संचार स्थपित गर्न सफल भएका छन।  हामीले रोजगारदाताका आवश्यकताहरूको बारेमा जानकारी गराउने कार्यमा सहजीकरण गर्नुको साथै उपयुक्त सीप भएका व्यक्तिहरूसम्म उपयुक्त समयमा पुग्नको लागि सहयोग गरिरहेका छौं । 

रोजगारदाताहरूको धारणा 

नेपाल भरिका रोजगारदातासँगको  सहकार्यमा रोजगारता संघहरूले नेतृत्व गर्ने गरि श्रम बजार सचिवालय गठन हुने क्रममा रहेको छ, जसले  प्रशिक्षार्थीहरूलाई उपयुक्त सीप विकास तालिम प्रदान गरिने सुनिश्चित गर्नको लागि खास खास योग्यता र सीपको सम्बन्धमा रोजगारदाताको धारणालाई एकीकृत गर्नेछ । हामीले  सीप विकास तालिम सञ्चालनमा रोजगारदाताहरूको सहभागिताका विधि शुरुवात गर्नको लागि  देश भरि नै व्यावहारिक साझेदारी नमुना परियोजनाहरू सञ्चालन आर्थिक सहायता प्रदान गरेका छौं। तालिम प्रदायक तथा रोजगारदाता बीचको सम्बन्धलाई सुदृढ़ तुल्याउनको लागि  विशेष केन्द्रित रहेर काम गरिनेछ ।

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by