Back to top
Page Header: 

डा. हरि लम्साल भन्नुहुन्छ – “बजारको माग र तालिम प्राप्त जनशक्तिको मेल भए मात्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रणाली उपयोगी हुन्छ”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डलले ब्रिटिश काउन्सिलद्वारा ५ देखि १५ मार्चसम्म बेलायतको लन्डन र डर्बी शहरमा दक्षता टिभीइटि व्यावहारिक साझेदारी परियोजनाको सहयोगमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको भविष्यमा केन्द्रित ‘प्राविधिक तथा व्यावसायिक  शिक्षा र तालिमको भविष्य: व्यवधान र विकास’ विषयक सम्मेलनमा सहभागिता जनायो |  उक्त अन्तरराष्ट्रिय कार्यक्रममा दक्षिण र मध्य एसिया, अफ्रिका महादेशको सहारा उप-द्वीप समेतबाट गरि पाँच वटा देशका प्रतिनिधि हरु सहभागी थिए | 

 गोष्ठीमा सहभागी डा. हरि लम्साल 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा सह-सचिव डा. हरि लम्साल सहित ४ जना पदाधिकारीहरुले नेपालको प्रतिनिधित्व गर्नु भएको थियो | डा. लम्सालले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीको समग्र संयोजन, गुणस्तर प्रत्यायन र सुशासनको लागि जिम्मेवार प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाको प्रमुख हुनुहन्छ | विगतमा मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी निभाइसक्नु भएका डा. लम्सालले नेपालको शिक्षा प्रणालीको पुनर्संरचनामा उच्च योगदान पुर्याउनु भएको छ | 

 १. प्राविधिक तथा व्यावसायिक  शिक्षा र तालिमको भविष्य: व्यवधान र विकास’ विषयक सीप सम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीमा भएको छलफलको  आधारमा भन्नुपर्दा यहाँलाई प्राविधिक तथा व्यावसयिक शिक्षा र तालिमको क्षेत्रमा हाल के कस्ता अवसर तथा चुनौतीहरु छन् जस्तो लाग्छ ?

गोष्ठीले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीलाई श्रम बजारको माग प्रति कसरी जवाफदेहि बनाउन सकिन्छ भन्ने सम्बन्धमा छलपल गर्ने आधार उपलब्ध गरायो | प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमका विभिन्न अभ्यासहरु झल्कने प्रस्तुतिकरण तथा उदाहरणहरु मार्फत वर्तमान र भविष्यका अवसर तथा चुनौतीहरुको सम्बन्धमा छलपल सुरुवात गर्यो  | त्यसो गर्दै गर्दा गोष्ठीले आर्थिक सहयोग र विकास संस्था (ओइसीडी) आवद्द बेलायत तथा अन्य मुलुकहरुका सीप प्रणालीमा भइरहेका अभ्यासहरु माथि प्रकाश पार्यो | विश्वव्यापी रुपमै एउटा कुरा स्पष्ट छ कि प्रविधिले बजारलाई तीव्र रुपमा परिवर्तित गरिरहेको छ र सीपको  आवश्यकतालाई पनि  | एउटा कोणबाट हेर्दा, त्यसले चुनौती र अवसर दुवैलाई प्रस्तुत गर्छ | बजारमा रहेको मागलाई पुरा गर्न सक्ने गरि जनशक्तिको सृजना गर्नु चुनौती हो भने विध्यमान नीति र अभ्यासलाई परिमार्जन गर्नु, अघि उल्लेखित मागलाई पुरा गर्न प्रणालीमा नै परिवर्तन ल्याउनु अवसर हो | एउटा सफल प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्रणालीको लागि रोजगारदाताको आवश्यकता केन्द्र बिन्दुमा हुनु, राष्ट्रिय मापदण्डहरु पुरा भयो या भएन भन्ने कुराको सुपरिवेक्षण सरकारले गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदायकहरुलाई स्वतन्त्रता दिनको लागि प्राविधिक तथा व्यावसायिक तालिम प्रणाली लचकदार हुनु आवश्यक छ भने कुरालाई गोष्ठीको दौरान पुन जोड दिइयो | भविष्यमा हुने सीपयुक्त जनशक्ति मागको आंकलनलाई पनि उच्च प्राथमिकतामा राखेर  सो सम्बन्धमा बारम्बार छलफल गरिएको थियो, त्यस प्रकारको आंकलन गर्नको लागि हाल निजी क्षेत्रमा पेशागत आवश्यकताहरुमा आइरहेको तीव्र परिवर्तन झल्किने गरि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीका सबै सरोकारवालाको योगदानको आवश्यकता पर्छ | सबै भन्दा महत्वपुर्ण कुरा त के रह्यो भने, गोष्ठीले बजारको माग तालिम प्राप्त जनशक्तिबाट पुरा हुने एउटा जवाफदेही प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीका पुर्व-आवश्यकताहरुको सम्बन्धमा प्रकाश पार्नको लागि अवसर प्रदान गर्यो |  

२. वर्तमान र भविष्यका योजनाको बारेमा जानकारी गराउने सबै भन्दा महत्वपुर्ण कुराहरु के के हुन् ?

विकसित देशहरुमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई प्रविधिले डोर्याउँछ  | यी देशहरुमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई समेट्न, संजाल निर्माण र बजारीकरण गर्नको लागि  आवश्यक संयन्त्रहरु पर्याप्त मात्रामा भएकाले गुणस्तर र सान्दर्भिकता निकै उच्च रहेको छ | यसको ठिक विपरित, नेपाल भने आवश्यकता परेका पक्षहरुको पहुँचमा सुधार हुने एउटा लचिलो र जवाफदेही प्रणालीको स्थापना गर्न संघर्षरत छ | हाम्रो बजार त्यति धेरै विकसित भइसकेको छैन, र जनशक्तिलाई सीपयुक्त बनाउने कार्यको नेतृत्व गर्न सक्षम हुनको लागि निजी क्षेत्र पनि उपयुक्त मात्रामा विकसित छैन | त्यसैले, नेपाल सामु दोहोरो चुनौती रहेको छ – गुणस्तर र सान्दर्भिकताको साथसाथै पहुँचमा सुधार | हाल नेपालले वर्तमान प्रणालीको सशक्तीकरण तथा नयाँ प्रणालीको स्थापनाको लागि काम गरिरहेको छ | गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका व्यवस्थाहरु तथा तिनको सान्दर्भिकता हाम्रो लागि अत्यन्तै महत्वपुर्ण कुरा हुन् जसको लागि साझा नितिगत प्रारूपको विकास तथा रोजगारदातासंगको अर्थपुर्ण सहभागिताको स्थापनाको लागि  हामीले गरिरहेका कार्यहरुलाई  निरन्तरता दिनु पर्दछ | बजारको विस्तार गर्न तथा उपयुक्त जनशक्ति उपलब्ध गराउनको लागि थप पहलकदमी लिनु आवश्यक छ | साथै, विकसित देशहरुमा  जस्तो हामीसँग पर्याप्त प्रविधि र साधन नभएकोले हाम्रा नियन्त्रण संयन्त्रहरु अहिले सम्म पनि मानिसद्वारा सन्चालित छन | हामीले त्यस्तै प्रणाली र संस्थाहरुको विकास गर्नु पर्छ, उच्च गुणस्तर मापदण्ड हुनुपर्छ र नियन्त्रणको लागि प्रभावकारी उपायहरु हुनु पर्द्छ | “मलाई विश्वास छ, हाम्रो गति केहि कम भएता पनि अन्तत्वगत्व हामी त्यहाँ पुग्नेछौं” | मानव संसाधनको क्षमता विकासमा केन्द्रित हुनु आवश्यक छ भनेर पनि मैले भन्न खोजेको होइन, तर संस्थाको निर्माण, प्रणाली र प्रविधि, नीतिको एकरुपता र दक्ष जनशक्तिको विकासमा समानान्तर पहलहरु हुनु पर्दछ | 

गोष्ठीका सहभागीहरु 

गोष्ठीबाट हासिल भएका थुप्रै सिकाइ मध्ये प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाको लागि विशेष सान्दर्भिक हुने कुनै सिकाई छन जस्तो लाग्छ ?

 एक अर्कासँग सिक्ने, र सिकाइलाई आदान प्रदान गर्ने कार्य निरन्तर रुपमा हुनुपर्छ र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको प्रभावकारी संयोजन र अनुगमन को लागि व्यक्तिहरुको क्षमता निर्माण तथा संस्थागत प्रणालीको सशक्तीकरणले त्यस्तो आदान प्रदानको अवस्था सृजना गर्छ | संस्थागत क्षमता निर्माणमा ज्ञानको प्रभावकारी प्रसार सुनिश्चित गर्नको लागि आवश्यक पर्ने अन्तरिक प्रणालीगत सुधार गर्ने तर्फ हामी कार्यरत छौं | हाल अभ्यासमा रहेका कार्यान्वयनमा रहेका विभिन्न नमुनाहरुको अवलोकनमा हामीलाई सघाउने वर्तमान अन्तरराष्ट्रिय नितिगत व्यवस्थाहरुको बारेमा जानकारी प्राप्त गर्नमा उक्त गोष्ठी सम्पुर्ण प्रतिनिधिहरुको लागि एउटा उत्कृष्ट अवसर प्रदान गर्यो | त्यस्ता अवलोकन मध्ये रोल्स-रोयसको कारखानाको भ्रमण पनि एक थियो | उक्त अवलोकनले राम्ररी स्थापित तथा लामो समयसम्म संचालित औधोगिक प्रशिक्षार्थीको व्यवस्थाको बारेमा गहिरिएर बुझ्ने अवसर प्रदान गर्यो जुन व्यवस्थाले दशकौं देखि उत्पादन र प्राविधिक सीपका विभिन्न क्षेत्रमा सफल रुपमा उच्च दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ |  रोल्स-रोयसले आफ्नो उत्पादन प्रकृयामा कुनै युरोपेली देशकै हाराहारीमा विकसितले मात्रै उपलब्ध गराउन सक्ने उच्च दक्ष प्राविधिक कामदारहरु प्रयोग गरिरहेको भएता पनि उक्त नमुनाको कार्यन्वयन कसरी भइरहेको छ भन्ने विषयमा बुझ्नको लागि सहयोगी रह्यो – उक्त मोडेलमा रोजगारदाता र कामदारको बीचमा कसरी अन्तरक्रिया हुन्छ भन्ने सम्बन्धमा  | कार्यस्थलमा आधारित यो एउटा अत्याधुनिक तालिम थियो जहाँ प्रशिक्षार्थीहरुको स्वास्थ्य र सुरक्षालाई पनि उत्तिकै महत्व दिईएको थियो | उक्त कारखानामा सशक्त कार्यस्थल सुरक्षा संयन्त्र र प्रकृयाहरुको प्रयोग गरिएका थिए जसको महत्व साना देखि ठुला सबै प्रकारका कार्यस्थलको लागि अत्यधिक छ | उत्पादनका क्रममा हुने दुर्घटनाका कारण लाग्ने चोटपटक लगायतका विविध पक्षहरुको दैनिक रुपमा लगत राख्ने र सो लगतलाई अन्तिममा रुजु गरि उत्पादनको प्रकृया भरि नै कुनै चोटपटक नलागेको कुरा सुनिश्चित गर्ने कार्यलाई एउटा महत्वपुर्ण उपायको रुपमा हाम्रो वर्तमान प्रणालीमा पनि समावेश गर्न सकिन्छ | नेपालमा कार्यस्थलमा आधारित तालिमलाई सशक्त बनाउनु तथा विस्तार गर्नु आवश्यक छ | 

४. प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणाली तथा संस्थाहरुलाई आकार दिनको लागि नीति निर्माताहरु तथा निजी क्षेत्रहरुले संगै मिलेर अझ प्रभावकारी ढंगको सहकार्यको मर्मको बारेमा केहि भन्नु पर्दा नेपालमा रोजगारदाताको संलग्नतालाका मुख्य तत्वहरु के के हुन जस्तो लाग्छ यहाँलाई ?

रोजगारदाताको संलग्नतालाई बढावा दिने मुख्य कडी भनेको यी दुई क्षेत्रको बीचमा विश्वासको वातावरण बनाउनु हो | प्रणालीमा सुधार ल्याउनको लागि सार्वजनिक र निजी दुबै क्षेत्रले जवाफदेही महसुस गर्दै योगदान गर्नु  आवश्यक छ | फेरि एक पटक रोल्स-रोयसको बारेमा यस अघि मैले उल्लेख गरेको उदाहरणको बारेमा कुरा गर्नु पर्दा गुणस्तर र प्रविधि जस्ता उत्पादनका पक्षहरुको सम्पुर्ण जवाफदेहिता रोल्स-रोयसमा नै निहित थियो र गुणस्तरीय उत्पादनको लागि उसलाई विश्वास गरिएको थियो | मैले यहाँ भन्ने खोजेको के हो भने नेपालमा पनि निजी कम्पनीहरु त्यस्तो प्रकारको जिम्मेवारी लिन सक्षम हुनु पर्दछ , सेवा प्रदान गर्ने कुरामा तिनलाई विश्वास गरिनु पर्दछ, र त्यसरी विश्वास जितेर जिम्मेवारी निभाउनको लागि निजी क्षेत्रसंग पनि पर्याप्त क्षमता हुनु जरुरी हुन्छ | दुबै क्षेत्रले एक अर्कालाई निर्धक्क भइ विश्वास गर्ने वातावरण हुनु पर्दछ | रोजगारदाताको संलग्नताको लागि आवश्यक पर्ने पहलहरुका लागि आवश्यक पर्ने कार्यविधिमा  दुबै पक्षको बीचमा नियमित परामर्श तथा बैठक गरेर सहमति स्थापित गर्नु पर्दछ | प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको प्रशासन र व्यवस्थापनमा सहभागी हुनको लागि निजी क्षेत्रलाई निरन्तर रुपमा प्रोत्साहित गर्नु पर्दछ | पेशागत सीप समिति, पाठ्यक्रम विकास, सीप परीक्षण र अन्य संयन्त्र/निकायहरुमा अहिले नै पनि निजी क्षेत्रको संलग्नता रहेको छ तर प्रक्रियागत स्वामित्व भने सिमित रहेकाले नतिजाको प्रभावकारिता पनि सिमित नै छ | तथापि, दुबै पक्षको प्रभावकारी संलग्नताको लागि एउटा आधारको निर्माण गरि दुबै पक्षलाई उपलब्ध गराउनु जरुरी छ |  सबै भन्दा महत्वपुर्ण कुरा त के छ भने, दुबै पक्षको बीचमा विश्वास र स्वामित्वको वातावरण बनाई उपयुक्त तरिकाले संलग्न  गराउनको लागि थप पहल कदमी लिनु आवश्यक देखिन्छ |  यस सन्दर्भमा दक्षताले गरिरहेको कार्य निकै नै दृढ रहेको मलाई महसुस हुन्छ | 

 

डा. लम्सालको साथमा अन्य नेपाली प्रतिनिधिहरु 

१.       ५. पछिल्लो समयमा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा सुधार गर्नको लागि थुप्रै नितिगत परिवर्तनको बारेमा छलफल भैरहको पाइन्छ – नेपालमा गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको व्यवस्थाको लागि तत्कालका प्राथमिकताहरु के के छन् ?

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा सुधार ल्याउनु भनेको मन्त्रालय, सिटिइभिटी तथा संघीय व्यवस्था अन्तर्गतका तीन तहका प्रशासन संयन्त्र भित्रका वर्तमान संरचना, कार्यसम्पादन र प्रणाली सुधार गर्नु हो |  तसर्थ, यो एउटा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पुनर्संरचना हो जसमा गुणस्तर सुधारका कुरा कुनै एक संस्थामा मात्रै सिमित रहदैनन र यो प्रकृया निरन्तर जारी रहन्छ | अहिले फरक-फरक बुझाई र व्याख्याहरु रहेका छन तर नयाँ कानुनी व्यवस्थाले अझ स्पष्ट पार्नेछन् | यो सार्थक हुन केहि समय लाग्न सक्छ | आधारभुत रुपमा यसले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको प्रशासनमा तीन तहको बारेमा निर्णय गर्नेछ ; विकसित समन्वय प्रणालीको बारेमा निर्देश गर्नेछ , र गुणस्तर र विस्तारमा केन्द्रित हुनेछ | संघीय संरचनामा उपयुक्त हुनको लागि वर्तमान प्रणालीको विस्तारको रुपमा रहनेछ | यहाँनेर हामी सहि बाटोमा छौं |

यसै सन्दर्भमा मन्त्रालय, खास गरि प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा र  प्राविधिक  तथा व्यावसायिक शिक्षा र तालिमको समग्र क्षेत्रकै वर्तमान अवस्थाको सशक्तीकरण तथा सुधारको लागि दक्षताले खेल्न सक्ने भुमिका अत्यन्तै महत्वपुर्ण हुन्छ | हालसालै स्थापना भएको प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा,  तथा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रकै क्षमता निर्माण योजना तयार पार्ने क्रममा परियोजनाले महत्वपुर्ण पहल तथा योगदान पुर्याएको छ | दक्षताका गतिविधिहरुले मन्त्रालयको पहल कदमी र, सबै भन्दा महत्वपुर्ण, निजी क्षेत्रको प्रभावकारी संलग्नतालाई सशक्त बनाउने छन भन्ने कुरामा म विश्वस्त छु |