Back to top
Page Header: 

Erik Winther-Schmidt joins as the New Team Leader for Dakchyata

Erik

 

एरिक डेनमार्कबाट आउनुभएको हो र उहासंग सन् ९० को दशकमा नेपाल रहेर विभिन्न दाताहरुबाट सहयोग प्राप्त शिक्षा सम्बन्धी परियोजनामा काम गरेको अनुभव छ | यस परियोजनामा आवद्द हुने उहाँको विशेष अभिरुचि र प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम (टिभीइटि)को क्षेत्रमा विश्वव्यापी रुपमै रहेका सार्वजनिक-निजी साझेदारीहरुका सम्बन्धमा दक्षता परियोजनाले एरिक ज्यूसंग भलाकुसारी गरेको छ |

एरिक ज्यू ! दक्षता  परियोजनाको नयाँ टिम लिडरको रुपमा यहाँलाई हार्दिक स्वागत छ | तपाईं यहाँ कहिले आइपुग्नु भयो, र यो भूमिका कसरी तपाईको रोजाईमा पर्यो ?

धेरै धेरै धन्यवाद ! म यसपालि चाहिं श्रावणको मध्यतिर नेपाल आइपुगेको हुँ र अत्यन्तै उत्साहजनक अनुभव गरिरहेको छु | म दक्षतामा आवद्द हुन चाहनुमा थुप्रै कारण छन्, तर म यहाँ दुई वटामात्रै उल्लेख गर्न चाहन्छु: पहिलो, सन् ९० को दशकमा विभिन्न दाताको सहयोगमा सन्चालित नेपालको आधारभुत र प्राथमिक शिक्षा कार्यक्रम (बीपीइपी) मा ६ वर्षसम्म काम गरेकाले मेरो मनमा नेपालको लागि विशेष स्थान छ | म यो देशको लागि केही उपयोगी काम गर्न चाहन्थें | दोस्रो, श्रम बजारका तालिम कार्यक्रमहरुमा माग पक्षलाई मजबुत बनाउने टिभीइटिको अन्तरराष्ट्रिय अभ्याससंग  काम गर्ने एउटा अवसरको रुपमा दक्षताले मलाई आकर्षित गरेको हो | दक्षतामा सो कार्य सरकार, तालिम प्रदायक, रोजगारदाता र कामदारका बीचमा संयुक्त स्वामित्व स्थापित गर्ने नयाँ तरीकाहरु स्थापित गर्दै सार्वजनिक निजी साझेदारी (पिपिपि) मार्फत गरिनेछ |

हामीले पिपिपि भन्ने शब्दावली आजकल दैनिक जसो नै सुन्दछौं – यहाँको विचारमा पिपिपीले केलाई प्रतिनिधित्व गर्छ ?

हामी सबैले अरुहरुसँग अन्तरक्रिया गर्दछौं – यसलाई तपाई सम्बन्धहरु तथा समन्वय स्थापनाको रुपमा पनि बुझ्न सक्नुहुन्छ | साझेदारी भनेको त्यो भन्दा केहि बढी हो | टिभीइटिको क्षेत्रमा साझेदारीले सीप विकास तालिमको माग गर्ने र आपूर्ति गर्नेलाई एकै ठाउँमा ल्याउने संयुक्त प्रयासलाई जनाउंदछ | दक्षतामा हामीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) वा निजी तालिम प्रदायकहरुले सिकाईरहेका सीपहरु दक्ष कामदारको आवश्यकता रहने रोजगारदाताका व्यवसाय एवं उद्योगरुका लागि सान्दर्भिक छन् भन्ने कुरा सुनिश्चित गर्नु अपरिहार्य छ | सो को लागि अझै राम्रा तरीकाहरु पहिचान गर्न उत्सुक सरकार, तालिम प्रदायक र रोजगारदाताहरुको बीचमा साझेदारी निर्माणमा ध्यान दिइराखेका छौं | जब संयन्त्रले राम्ररी काम गर्दछ, यी सीपहरु हरेकका लागि उपयोगी हुन्छन: रोजगारदाताहरु, रोजगारीको खोजीमा रहेका व्यक्तिहरु र पुरै राष्ट्रको लागि | कुनै एउटा पक्ष एक्लैले यो हासिल गर्न सक्दैन | सरकारले टिभीइटि सम्बन्धी प्रभावकारी कानुनहरु निर्माण गर्नुपर्दछ भने रोजगारदाताहरुले उनीहरुलाई कुन कुन सीप आवश्यक छन् भन्ने कुरा निर्क्यौल गर्नु पर्दछ | नव प्रवेशी र आफुमा भएको सीपलाई अभिव्रिद्दी गर्नको लागि आउनेहरु दुवै थरीका प्रशिक्षार्थीहरुको लागि तालिमको व्यवस्था कसरी गर्ने भन्ने कुरामा तालिम प्रदायकहरु जानकार हुनुपर्दछ | यसरी सिटिईभिटि (जसले तालिम संचालन गर्दछ) र सिटिईभिटी वा अन्य कुनै तालिम प्रदायकसंग काम गर्नुका साथै उपयोगी र सान्दर्भिक टिभीइटि सीप तालिम कार्यक्रमहरु को विकास गर्ने जिम्मेवारी र जोखिम संयुक्त रुपमा उठाउन सहमत एक वा एक भन्दा बढी रोजगारदाताहरुको बीच साझेदारी बन्दछ | पिपिपिका धेरै पक्षहरु छन्, मलाई लाग्छ एउटा जटिल प्रश्नको लागि यो एउटा साधारण जवाफ हो |

के तपाईंले पिपिपिको बारेमा बुझ्न अझ सहज हुने एउटा उदाहरण दिन सक्नु हुन्छ ? सम्भवत: एउटा त्यस्तो उदाहरण जसले बुझ्न अझ सजिलो होस |

अवश्य, म प्रयास गर्छु | दक्षताले छिट्टै नै प्रस्तावहरुको आव्हान गर्दैछ जहाँ हामी पिपिपि लाई सहयोग गर्दैछौं, सिद्दान्तमा मात्रै होइन कि प्रयोगात्मक रुपमै | तालिम प्रदायकहरु र रोजगारदाताहरुलाई निजहरुको पिपिपि सम्बद्द नवीन अवधारणाहरु परीक्षणको लागि साझेदारी कोष उपलब्ध गराइनेछ | साझेदारी कोष मार्फत हामीले निजी क्षेत्र र प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्रदायकहरुलाई नव प्रवेशी प्रशिक्षार्थीहरुका साथै हाल कार्यरत तर सीप पुनर्ताजगी गर्नु पर्ने कामदारहरुलाई तालिम प्रदान गर्ने नवीन विधिहरुलाई समर्थन गर्नेछौ | सो कार्यको लागि हामीले सात वटा फरक फरक नमुनाहरु सुझाएका छौं | यद्धपि, तर अन्य विचारहरुलाई पनि हामी स्वागत गर्दछौं | हामीले साझेदारी निर्माणको लागि आमन्त्रण गरेका छौं र हाम्रो लक्ष्यमा स्पष्ट छौं : पिपिपिका नमुनाहरु परीक्षणको अन्त्यमा पुग्दा तालिम प्राप्त व्यक्तिहरुले निजी क्षेत्रका प्रतिनिधिहरुका लागि  वास्तविक रुपमा आवश्यक सीपहरु हासिल गर्नेछन जसले अर्थपूर्ण रोजगारी पाउनको लागि प्रशिक्षार्थीका अवसर अभिवृद्दि गर्नेछन | यो एउटा सबैले जित्ने अवस्था हुनेछ जहाँ संलग्न सबैलाई फाइदा पुग्नेछ | हामीले कृषि, निर्माण र पर्यटन गरि तीन वटा क्षेत्रमा हाम्रा नमुनाहरु परीक्षण  गर्नेछौं | यी नमुना परियोजनाहरुबाट हासिल भएका सिकाईहरु नीति निर्माताकहाँ पुर्याइनेछ जसबाट सफल प्रमाणित भएका पिपिपि नमुनाहरुलाई थप विस्तार एवं अनुसरण गर्ने सम्भावनाहरुको खोज गर्नसहज हुनेछ |

के दक्षताले नीतिगत सुधारको लक्ष्य राखेको हो ?

हो, तर केहि नयाँ मोड सहित | अहिले नै हामीले अन्य कुनै देश र अवस्थामा सफल भएका प्रयासहरु यी हुन् र त्यस्तै उपाय अपनाउनुस भनेर कसैलाई भन्ने छैनौ | हामीले त्यस्ता हुबहु नक्कल गरिने सुधारमा विश्वास गर्दैनौ | बरु हामी व्यवसायी समुदाय, सरकार र तालिम प्रदायकहरुलाई केहि भन्न सक्ने अवस्थामा हुन सक्छौं | केहि वर्ष भित्रै यहांहरु सबैले पिपिपि नमुनाहरुको माध्यमबाट अर्थपूर्ण तालिम प्रदान गर्ने विभिन्न विधिहरुको परीक्षण गर्नुहुनेछ जसको नतिजाको बारेमा हामी जानकार छौं : कुनै एउटा नमुनाले राम्रो काम गर्यो तर अर्को एउटा चाहिं सफल सावित भएन | र सरकारलाई हामी भन्नेछौं : यदि तपाईंहरु परिवर्तन गर्न लाग्दै हुनुहुन्छ भने हामीले पहिचान गरेका कुराहरुलाई पनि संगै लिएर जानुस किनभने ती सफल रुपमा परिक्षण गरिएका हुन् र तिनले आपनो महत्व प्रमाणित गरिसकेका छन, सामान्य वा अन्तरराष्ट्रिय रुपमा नभएर वास्तविक नेपाली परिप्रेक्षमा |

त्यस्ता नतिजाहरु कहिले हासिल हुनेछन ?

हामीसंग युरोपियन युनियनबाट नै आर्थिक सहायता प्राप्त सक्षमता नामको एउटा भगिनी परियोजना छ जससंग हाम्रा उद्देश्य मिल्दाजुल्दा छन् | हाम्रा यी दुई परियोजनाले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिममा गुणस्तर, पिपिपिको निर्माण र नेपालको टिभीइटि क्षेत्रमा समन्वय र सुशासनमा सरकारको भूमिकालाई सुदृढ  पार्ने सवालहरुलाई मिलेर सम्बोधन गर्नेछन् | सन् २०१७ मा प्रारम्भ भएका हाम्रा परियोजनाहरु फेब्रुअरी २०२१ सम्म सन्चालनमा रहनेछन | समयसीमा तर्फ अघि बढ्दै गर्दा हामीले लक्षित गरेका नतिजाहरु देखिनेछन् | यो एउटा लामो बाटो लाग्न सक्छ – तर टिभीइटिको दीर्घकालीन सुधार छोटो समयमा हासिल हुन सक्दैन | त्यसको लागि समय लाग्छ |

दक्षताले हासिल गर्न खोजेको सुधार प्रकृयाको चालक को-को हुन् त ?

दिगो सुधार तब मात्र सम्भव छ जब धेरै मानिसहरुलाई यो लाग्छ कि सुझाइएका परिवर्तनहरु तथ्य,सुझबुझ पूर्ण परीक्षण, र राम्ररी विचार गरिएका समाधानमा आधारित छन् | यसलाई हासिल गर्ने तर्फ अघि बढ्ने क्रममा व्यवसाय र उध्योग, तालिम प्रदायकहरु, र श्रम बजारमा अर्थपूर्ण अवसरहरुको पर्खाईमा रहेका युवाहरु धेरै मानिसहरुलाई आश्वस्त पर्नुपर्ने हुन्छ र निजहरुले स्वामित्व लिनुपर्ने हुन्छ | आफुले चाहेको आर्थिक विकास हासिल गर्नको लागि कानुनको मस्यौदा र कार्यान्वयन गर्ने अभिभारा पाएको सरकार समेत यसमा आश्वस्त हुनु जरुरी छ | समावेशी र दिगो विकासलाई प्रवर्दन गर्नको लागि शिक्षा र तालिमले मुख्य भूमिका खेल्छन भन्ने कुरा सर्वविदितै छ | आर्थिक विकासलाई आधार प्रदान गर्न, उत्पादकत्व वृद्दि गर्न, र करियर एवं जीविकोपार्जनका अवसर प्रदान गर्ने दक्ष व्यक्तिहरुको एउटा शसक्त संजालले नेपालको सामाजिक स्थिरता र राष्ट्रिय विकासमा योगदान पुर्याउने छ | यी वृहत्तर र महत्वपूर्ण लक्ष्यहरुलाई समर्थन गर्न धेरै व्यक्तिहरुको साथ रहनेछ भन्ने कुरामा हामी विश्वस्त छौं |

धन्यवाद एरिक ज्यू, आफ्ना महत्वपूर्ण विचारहरु व्यक्त गरिदिनुभएकोमा | हाम्रा पाठकहरुलाई दक्षताको बारेमा थप जान्न चाहेमा कुनै सरल तरीका छ कि ?

धन्यवाद ! मेरो विचारमा दक्षताको बारेमा थप जानकारी हासिल गर्नको लागि अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध रहेको हाम्रो वेभसाइट https://www.dakchyata-nepal.org  भ्रमण गर्नु उपयोगी हुन्छ |