Back to top

ट्रेस प्रा लि. द्वारा कार्यान्वयन भइरहेको सीप तथा लाभदायक रोजगारी परियोजना (Skills and Rewarding Employment Project) ले  निर्माण क्षेत्रका प्रमुख सरोकारवालाहरूको बीचमा सम्बन्ध स्थापित गर्ने तथा सुदूरपश्चिम प्रदेशका युवाहरूलाई सीपयुक्त तालिम, सीप अभिवृद्धि तथा पुन: सीप तालिम पश्चात रोजगारीमा लाग्न वा स्वरोजगार हुन सघाउने कार्यलाई केन्द्रविन्दुमा आफ्नो राखेको छ।  

परियोजनाले हाल रोजगारीमा रहेका कामदारहरूलाई रोजगारदाता आवश्यकता अनरूप सीप विकासमा सहयोग  गरि आर्थिक वृद्धि तथा व्यावसायिक माग प्रवर्दन गर्दछ ।  यसले कम दक्षता भएका व्यक्तिहरूको सीप अभिवृद्धि गर्नुको साथै आफ्नो रोजगारीलाई दिगो तुल्याउन सहयोगी हुने उच्च माग रहेका सीप हासिल गर्न नपाएका अर्ध-दक्ष व्यक्तिहरूलाई पुन:तालिमको अवसर प्रदान गर्दछ। 

परियोजनाले खास गरि आर्थिक-सामाजिक रूपमा वञ्चितिकरणमा परेका महिला र युवाहरूलाई यस क्षेत्रमा अवसर उपलब्ध गराउने उद्देश्य राख्नुका साथै भने सबै प्रशिक्षार्थीहरूलाई सहायक सीपहरुमा पनि तालिम प्रदान गरि सञ्चार, स्वास्थ्य, सरसफाई तथा व्यवहार सम्बन्धी ज्ञान अभिवृद्धि गराउँदै उनीहरूको व्यावसायिक सिकाईमा सहयोग गरिनेछ।   

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by