Back to top

हाम्रो कृषि सहकारी संस्था (एचकेएसएसएल)ले कार्यान्वन गरिरहेको 'हाम्रो कृषि कार्यक्रम' परियोजनाले निजी क्षेत्रका रोजगारदातासंगको साझेदारीको नमुना परीक्षण गर्नेछ, जस अन्तर्गत चार वटा गाउँपालिकामा रहेका युवाहरूलाई कृषि जन्य सीपयुक्त तालिम प्रदान गरि रोजगारीको लागि तयार पारिनेछ।  

परियोजनाले सर्लाही र महोत्तरीका युवाहरूलाई सुधारिएको कृषि विधिको कार्यगत अनुभव र  सिटीईभिटी / कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पाठ्यक्रम अनुसारको पठनपठानको मिश्रण मार्फत रोजगारीको लागि आवश्यक सीपयुक्त तालिम प्रदान गरिनेछ। युवा प्रशिक्षार्थीहरूलाई बजारको माग र सिजन अनरूप तरकारी, दुग्ध पदार्थ र कुखुरापालनको क्षेत्रमा आउने उतारचढावमा अनुकुलनका लागि आवश्यक सीपयुक्त तालिम प्रदान गरिनेछ।  

रणनीतिक तहमा परियोजनाले ग्रामीण युवाहरूको रोजगारीको सम्भावना प्रत्यक्ष रूपमा वृद्धि गराउने मात्रै नभई व्यावसायिक कृषिका लागि सीप विकास तालिममा हाल रहेका कमीकमजोरी पहिल्याउने तथा कृषक सहकारी र संघहरू, निजी कम्पनी र तालिम प्रदायकहरू बीचको साझेदारीलाई सुदृढ़ बनाउने कोशिस गर्नेछ।  

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by